काठमाडौँ । नेक्स्ट मोडलस् नेपालले ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’ आयोजना गर्ने भएको छ ।

‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ नेपालको प्रतिनिधित्व गर्न प्रतिभा खोज्ने उदेश्यले यो प्रतियोगीता आयोजना गर्न लागेको नेक्स्ट मोडलस् नेपालका अध्यक्ष रबी धमलाले जानकारी दिए ।

नेपालमा अन्तराष्ट्रिय स्तरको सौदर्य प्रतियोगीता गरेर नेपाली युवतीहरुको क्षमता अभिवृद्धि गरी अन्राष्ट्रिय मोडलिङ र फेशन जगतमा नेपालको दर्बिलो उपस्थिती देखाउनु प्रतियोगीताको अर्काे उदेश्य रहेको धमलाको भनाइ छ ।

आवेदन समेत खुल्ला गरिएको प्रतियोगीताको पहिलो चरणको अडिसन आगामी साउन ९ र १६ गते राजधानिमा हुदैछ । १७ देखि २८ बर्षसम्मका अविवाहित युवतीले प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन् । कम्तिमा ५ फिट ४ इन्च हाइट भएको, शरीरमा तिन इन्च भन्दाबढी ट्याटु नभएको र न्युनतम प्लस २ अध्यायन सकाएका युवतीले मात्र प्रतियोगीतामा आवेदन भर्न पाउने आयोजकले जनाएको छ ।

दुवै चरणको अडिसनबाट  छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एक महिने प्रशिक्षणमा सहभागीता गराइनेछ । प्रशिक्षणका क्रममा युवतीलाई अन्तराष्ट्रिय रनवे ,व्यक्तित्व विकाश, ग्रुमिङ, अन्तराष्ट्रिय फोटोग्राफी एवम् फोटो सुट, सञ्चार कला, स्टेज बिषयमा प्रशिक्षण  दिइने छ ।रतियोगीताको शीर्ष उपाधि विजेताले ‘मिस सुपर ट्यालेन्ट नेपाल २०१५’को  उपाधिका साथमा नगद १ लाख रुपैयाँ र आधा दर्जन उप–विधामा पुरस्कृत गरिने प्रतियोगीताको अन्तिम स्पर्धा भाद्र महिनाको अन्तिमसाता हुनेछ ।

प्रतियोगीताको विजेताले अमेरीकाको लस भेगानमा आगामी डिसेम्भर १० मा आयोजना गरिने ‘मिस सुपर ट्यालेन्ट वल्र्ड २०१५’ मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

Comments

comments