मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरुको सक्रियतामा अष्ट्रेलिसियन नेप्लिज मेडिकल एण्ड डेण्टल डक्टर्स एसोसिएसन गठन गरिएको छ ।

डा.केशवमणि भट्टराईको अध्यक्षमा गठन भएको कार्यसमितिमा उपाध्यक्षमा डा. कुन्दन गिरी र डा अर्चना प्रधान, महासचिवमा डा. चन्द्रदीपक पोखरेल, सचिवमा डा. कुशराज श्रेष्ठ र कोषाध्यक्षमा डा. अञ्जु पाण्डे चयन भएका छन् ।

यसैगरी सिड्नी संयोजकमा डा. प्रविन पाठक, भिक्टोरिया संयोजकमा डा. बालकृष्ण सुवेदी, क्विन्सल्याण्ड संयोजकमा डा. अतुल धिताल, क्यानबेरा संयोजकमा डा. पवन प्याकुरेल र वेष्टन अष्ट्रेलिया संयोजकमा डा. अजित चौरसिया चयन भएका छन् ।

अष्ट्रेलियामा रहेका नेपालीमुलका चिकित्सकहरुलाई संगठित गर्ने तथा अष्ट्रेलियामा सिकेको सीप र दक्षतालाई नेपालीको सेवामा समर्पित गर्ने उद्देश्यले अष्ट्रेलिसियन नेप्लिज मेडिकल एण्ड डेण्टल डक्टर्स एसोसिएसन गठन गरिएको हो ।

एसोसिएसनले गत बैशाखमा आएको महाभूकम्पपछिको विषम परिस्थितिमा नेपालका विभिन्न दुर्गम भेगमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

Please follow and like us:

Comments