काठमाडौं । ट्वान्टी ट्वान्टी बिश्वकप क्रिकेट छनौटको आफ्नौ पांचौ खेलमा नेपालले शुक्रबार पपुवा न्युगिनी संग प्रतिस्पर्धा गर्दैछ । अर्को बर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउनका लागि नेपाल  जित्नै पर्ने दवाव रहेको छ ।

आयरल्याण्डको डब्लिनमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजे हुनेछ । एकमा जीत, एकमा हार र एक खेलमा अंक बाडेको  नेपाल ३ अंक सहित तालिकाको पांचौ स्थानमा छ । नेपालले पपुवा न्युगिनीलाई हराएपनि बिश्वकपमा स्थान बनाउन अरुको खेलमा समेत भर पर्नु पर्नेछ । कप्तान पारस खड्काले नेपाल सामु पपुवा न्युगिनीलाई हराउदै चौथो स्थानमा उक्लनुको विकल्प नरहेको बताएका छन । यदि नेपाल पपुवा न्युगिनी माथि जीत हात पार्न चाहन्छ भने ब्याटिङमा सुधार्नु गुर्न आबश्यक छ  ।

नेपालले अमेरिका बिरुद्ध ४ विकेट गुमाउदै १ सय २२, आयरल्याण्ड संग ५३ र हङकङ संग १ सय ९ रन बनाएको थियो । हङकङ बिरुद्ध राजेश पुलामी र शरद भेषावकरले रन बटुलेका थिए । नेपाललाई पांचौ स्थानबाट माथि उक्लन सागर पुन, पारस, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेलले लामो समय क्रिजमा टिकेर खेल्नु पर्नेछ । बलिङ तर्फ तीव्र गतिका बलर सोमपाल कामी स्पिनर बसन्त रेग्मी शक्ति गौचनले संतोषजनक प्रदर्शन गरिरहेका छन ।

यता पपुवा न्युगिनी समुहको एकमात्र अपराजित टोली हो । तीन खेल बाट ५ अंक जोड्दै दोस्रो स्थानमा रहेको पपुवा न्युगीनले शीर्ष स्थानको आयरल्याण्ड माथि जीत पारेको थियो । उत्कृष्ट ६ टोली बिश्वकपमा सहभागी हुनेछन । समुह विजेता टोली सिधै बिश्वकपका लागि छनौट हुनेछन भने दुवै समुहका दोस्रो र तेस्रो हुने टिम बीच क्रस प्ले अफ म्याच हुनेछ । प्ले अफ म्याचको विजेताले पनि बिश्वकपमा स्थान बनाउनेछ । पराजित हुने टिमले समुहको चौथो स्थानको टिम संग प्ले अफ खेल्नेछ । विजेता टिमले भारतको यात्रा पक्का गर्नेछ ।

नेपालका लागि पपुवा न्युगिनी नियमित प्रतिद्धन्दी नै हो । छनौट खेलमा नेपाल र पपुवा न्युगिनी चौथो पटक भिड्न लागेका हुन् । २०१२ मा पपुवा न्युगिनीसंग ३५ रनले हारेको नेपालले प्ले अफमा भने ६ विकेटले जित हार पार्दै बदला लियो । त्यस्तै २०१३ मा भएको ट्वान्टी ट्वान्टी बिश्वकप छनौटमा पनि नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले हराएको थियो ।

Comments

comments