मुगु । जिल्लामा एक मात्र बैङ्क भएपनि असार मसान्तको बिकासे बजेटले गर्दा बाणिज्य बैङ्कमा पर्याप्त मात्र नगद नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन ।

जिल्ला सदरमुकाम गमगढीमा रहेको राष्ट्रिय बाणिज्य बैङ्कमा असार मसान्त सकिन लाग्दा जिल्ला भर संचालनमा आएका बिकास निमार्णका रकम भुक्तानी हुदा सर्बसाधारण र अन्य सेवाग्राहीले बैङ्कमा नगद अभाव हुँदा सर्वसाधारण मर्कामा परेका हुन ।

अहिले राष्ट्रिय बाणिज्य बैङ्कमा २ लाख ४८ हजार मात्र मौज्जाद रहेको र च्यातिएका १ करोड भन्दा बढी भएपनि यो रकम कामैनलाग्ने अबस्थामा रहेका छन । शाखा कार्यालय प्रबन्धक गान्धिराज बिसीले अनुसार बिकासे कार्यलयबाट असार मसान्तको अन्तिममा रकम बिनियाजित गर्दा बैङ्कमा नगद अभाब भएको र असार २५ गते महिनाको अन्त सम्म नेपाल राष्ट्र बैङ्कले नोटकोष नचलाउने निर्देशन दिएकाले पनि रमक माग भएपनि रकम साउनको पहिलो हप्तामा मात्र जिल्लामा हेलिकप्टर मार्फत आउने भएकाले बिकास निमार्णकै रकमले नगद अभाब भएको हो ।

जिल्लाभर बिकास निमार्णमा बाणिज्य बैङ्कबाट चालु तर्फ १ अर्ब २७ करोड २८ लाख र पुजिगत तर्फ २८ करोड ६९ लाख ८ हजार सम्बन्धित बिकास निमार्णका उपभोक्ता समितिले भुक्तानी लगि सकेका छन । यो बर्ष यार्सागुम्बाको ब्यापार समेत राम्रो नभएकाले पनि बैङ्कमा नगदको अभाब भएको हो।

Comments