काठमाडौं । महाविनाशकारी भूकम्पले नेपालको धेरै क्षेत्रलाई आहत र मर्माहत बनायो । केही ऐतिहासिक धरोहरहरु धराशायी वन्दा नेपालको पर्यटन क्षेत्र पनि इतिहासकै दर्दनाक स्थितिमा उभिन पुग्यो । तर धरोहरहरु सबै ढलेका थिएनन् जति विदेशी सञ्चार माध्यमहरुले प्रचार गरेर ढाले , त्यति क्षति पुगेको थिएन नेपालको पर्यटकीय स्थलहरुमा जति विदेश सञ्चार माध्यमले उछाले । सगरमाथा ठाडै छ , हिमाली पदमार्गहरु अझै सुगम छन् , काठमाडौंका पर्यटक लोभ्याउन धेरै मठ मन्दिरहरु उत्तिकै कलापूर्ण छन् । त्यसैले त फेरि नेपालमा विदेशी पर्यटकहरु देखिन थालेका छन् ।

भूकम्प पछि विदेशी सञ्चारमाध्यमहरुले गरेका नकारात्मक प्रचारप्रसारले नेपालको पर्यटन क्षेत्रलाई भूकम्पले भन्दा बढी असर पा¥यो । केही समय मर्माहत बनेको नेपालको पर्यटन क्षेत्र अहिले भने बौरिएको छ । विश्वको उत्कृष्ट गन्तव्यमा सूचीकृत नेपालमा भने फेरि पर्यटकहरु तानिएका छन् । अहिले नेपाल घुम्न आएका  विदेशी पर्यटहरुलेहरुले विदेशमा प्रचार भए झै नेपालको पर्यटकीय क्षेत्रमा क्षति नपुगेको भन्दै नेपालको आकर्षण र कला नगुमेको बताएका छन् । उनीहरुको अनुभवमा नेपाल सुरक्षित छ र उत्तिकै सुन्दर पनि ।

भूकम्पपछि पर्यटकहरुलाई प्रोत्साहित गर्नका लागि भने सरकारको तर्फबाट केही पनि नभएको गुनासो उनीहरुको छ । पर्यटन क्षेत्रको लागि सरकारी निकायहरु अझ ठोस रुपमा गम्भीर बन्नु पर्ने सुझाव उनीहरुको छ ।

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा दिने पर्यटन क्षेत्रका लागि सरकार र सरोकारवाला निकायहरुले अन्तर्राष्ट्रिय जगतमै सकारात्मक प्रचार प्रसार गर्न आवश्यक देखिएको छ । यसो गर्न सकिएको खण्डमा नकारात्मक प्रचार निरुत्साहित हुनुका साथै नेपालमा पुनः पर्यटकहरुको चहलपहलमा मनग्ये वृद्धि हुने निश्चित छ ।

Comments

comments