काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७२–७३ मा चलचित्र क्षेत्रलाई भने कम प्राथमिकता दिएको छ ।

अर्थमन्त्री डाक्टर रामशरण महतले मंगलवार संसदमा प्रस्तुत गर्नुभएको बजेट भाषणमा चलचित्र क्षेत्रबारे एक लाइन मात्रै  उल्लेख छ । जस अन्तर्गत चलचित्र क्षेत्रको आवश्यकतालाई ध्यान दिदै आधुनिक सुविधा सम्पन्न चलचित्र नगरी फिल्मसिटीको निर्माणको योजनालाई यसवर्ष पनि निरन्तरता दिने उल्लेख छ ।

यस्तै नेपालमा विदेशी चलचित्र छायांकनको लागि प्रोत्साहन गरिने उल्लेख छ । सरकारले फिल्म सिटी निर्माणको योजनालाई निकै अघिदेखि नै प्राथािकतामा राख्दै आएको छ । त्यसक्रममा दोलखाको जिरी,पोखराको साराङकोट र भक्तपुरको नगरकोटलाई फिल्म सिटी स्थापनाका लागि सम्भावित स्थानको रुपमा लिइदै आएको छ । तर चलचित्रकर्मीहरुको अपेक्षा विपरित बक्स अफिसको स्थापना लगायतका विषयहरुबारे भने बजेट मौन रहेको छ ।

Comments

comments