काठमाडौँ । एक साता भ्रमणका लागि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आज भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ । संविधानबारे नागरिकसँग सुझाव लिन सभासद्हरू निर्वाचन क्षेत्रमा खटिइरहेका बेला दाहाल भारत भ्रमणमा निस्कन लाग्नुभएको हो ।  भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणका बेला दाहालले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग संविधानका विषयबारे पनि छलफल गर्नुहुनेछ ।

अध्यक्ष दाहाल अपरान्ह सवा ४ बजे दिल्ली प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह,  विदेशमन्त्री सुषमा स्वराज लगायतसँग भेटघाट र छलफल गर्नुहुनेछ ।। एसडी मुनी, आनन्दस्वरुप बर्मा लगायत भारतीय बुद्धिजिवीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमम रहेको दाहालका स्वकीय सचिव चुडामणी खडकाले जानकारी दिनुभयो ।

दाहालले नेपाल भारत र चीनको त्रिदेशिय साझेदारी तथा हालै चीन र भारतबीचको ‘लिपुलेक सम्झौता’बारे पनि कुरा उठाउनुहुनेछ । त्रिदेशीय साझेदारीको बिषय आफूले पनि उठाउदै आएकाले त्यसमा जोड दिने दाहालको कथन छ । नेपालको समेत भूमि रहेको लिपुलेकबारे भारत र चीन ले गरेको सम्झौता सच्चाउने पर्ने माग  नेपालमा भइरहेको छ । यसबिषयमा पनि दाहालले सरकारी उच्च अधिकारी र बुद्धिजिवीहरूसँग कुरा गर्नुहुनेछ ।

भुकम्पपछिको पुननिर्माण र विकासबारे अध्ययन गर्न दाहाल गुजरात पनि जानुहुनेछ । दाहालको भ्रमण टोलीमा पत्नी सिता दाहाल र दुई सहयोगीहरू रहेनछन् । भ्रमणका क्रममा दिल्लीको लीला होटलमा बस्ने दाहाल साउन ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Please follow and like us:

Comments