काठमाडौं । विम्बल्डन टेनिसको उपाधि यसपटक विश्व नम्बर एक नोभाक जोकोविचले जितेका छन् ।

हिजो राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन जोकोविचले रोजर फेडेररलाई पराजित गर्दै तेस्रोपटक विम्बल्डनको उपाधि जितेका हुन् । जोकोविचले सात पटकसम्म विम्बल्डनको उपाधि जितेका रोजर फेडेररलाई चार सेटमा पराजित गरेका थिए । उनले फेडेररलाई ७–६,७–१, ६–७,१०–१२,र ६–४, ६–३ को सेटमा पराजित गरेका हुन् ।

योसँगै आठौं पटक विम्बल्डनको उपाधि जितेर कीर्तिमान कायम गर्ने फेडेररको धोको पनि अधुरै रह्यो । यसपटक उपाधि जितेको भए फेडेरर ८ पटकसम्म विम्बल्डनको उपाधि जित्ने पहिलो व्यक्ति हुने थिए । तेस्रो पटक विम्बल्डनको उपाधि जितेका जोकोविचले अहिलेसम्म ९ वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् ।

Comments

comments