काठमाडौं ।  टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपाल र नामिबियाले अंक बाँडेका छन् ।

वर्षाका कारण खेल रद्द भएपछि नेपाल र नामिबियाले एक(एक अंक बाँडेका हुन् । अंक बाँडिएपछि नेपाल दुई खेलबाट ३ अंकका साथ समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

आयरल्यान्डको बालफेस्टस्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा भएको खेल वर्षाका कारण रद्द भएपछि दुबै टीमले एकरएक अंक पाएका हुन् ।

जितसँगै नेपालको दुई खेलबाट ३ अंक भएको छ । नेपाल समूह ए को शीर्षस्थानमा छ ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । टस हारेर ब्याटिङमा उत्रेको नामिबियाले ७.४ ओभरमा एक विकेटको क्षतिमा ६१ रन जोडेको थियो ।

खेल शुरू हुनुअघि पनि पटक पटक मैदानमा पानी परेर खेल ढिलो शुरू भएको थियो । ७ ओभरमा १ विकेट गुमाउँदै नामिबियाले ५४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिन पुग्यो ।

त्यसपछि पानी रोकिएर खेल शुरू भइ नामिबियाले १ विकेट गुमाउँदै ६१ रन जोडेको अवस्थामा खेल रोकिएपछि डीएल प्रणाली अपनाउँदै खेल १७ ओभरमा घटाइएको थियो ।
नामिबियाका लागि उत्कृष्ट ब्याटिङ गर्दै स्टेफन वार्डले घट बलमा अविजित ३९ रन बनाए । नेपालका लागि कप्तान पारस खड्काले १ विकेट लिन सफल भए ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । नामिबिया भने आयरल्यान्डसँग पराजित भएको छ ।

Comments

comments