एजेन्सी ।  कोपा अमेरिकाको फाइनलमा चिलीसंग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसी निकै आलोचित बने । आलोचकहरुले अर्जेन्टिनाको हारको प्रमुख कारणनै मेसी भए जस्तै गरी उनलाई कोच्न छोडेका छैनन । क्लब फुटवलमा बार्सिलोनाका लागि सवै उपाघि जिताइसकेका बिश्व फुटवलका चर्चित स्ट्राइकर मेसी राष्ट्रिय जर्सीमा भने असफल रहदै आएका छन । यसबाट स्वयम मेसी पनि दुखित र अचम्मित छन । बाहिरी मानिसले त आलोचना गरे गरे मेसीले आफ्नै परिवारको समेत साथ पाएनन् । सबैले झटारो हानिरहेका बेला मेसीले आफ्नै हजुरबाबाट समेत आलोचित हुनु परेको छ ।

मेसीका हजुरबा एन्टोनियो कुत्सिचिनीले कोपा अमेरिकामा मेसी अल्छि भएको टिप्पणी गरेका छन । एक रेडियोलाई दिएको अन्र्तवार्तामा एन्टोनियोले कोपा अमेरिकाका पछिल्ला तीन खेलमा मेसीले खराब प्रदर्शन गरेको आरोप लगाएका छन । मेसीले कोपा अमेरिकाको सेमीफाइनलमा अर्जेन्टिनाले पाराग्वेलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दा आफुले गोल त गरेनन तर अरुका लागि गोलको अवसर सिर्जना गरिदिएका थिए ।

मेसीले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोलका लागि सहयोग गरेका थिए । पुरै खेल अवधिभर पेनाल्टी मार्फत मात्र एक गोल गरेका मेसीका हजुरबाले तीन खेलमा क्षमता अनुसार खेल्न नसकेको भन्दै आलोचना गरेका हुन् । ब्राजिल बिश्वकपको फाइनलमा जर्मनीसंग हार व्यहोरेको पीडा भुल्न नपाउदै मेसी अर्को प्रतियोगिताको फाइनलमा चुकेपछि आलोचित बनिरहेका छन ।

केही समय अघि मेसीले राष्ट्रिय टिमबाट केही समयका लागि आराम लिने सम्मको समाचार पनि बाहिर आएको थियो । कोपा अमेरिकामा असफल भएपछि मेसी बार्सिलोनाको अभ्यासमा पनि गएका छैनन । उनले विदा लम्ब्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

Comments

comments