काठमाडौँ । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको हट ग्ल्यामरस छविबाट अपरिचित शायदै कोही होलन् । अझ हिन्दी फिल्म ‘ज्याकपट’को एउटा गीतमा अभिनय गरेर भिडियोमा देखिएपछि सृष्टि पर्दामा कतिसम्म हट देखिन्छिन् भनेर हेर्नेको संख्या पनि धेरै छ । तर यति हट र ग्ल्यामरस सृष्टि नेपालकै एक नायकका हेराइमा भने बूढी भैसकेकी रहेछिन् । लेट ट्वान्टीजमा रहेकी सृष्टिलाई बूढी देख्ने अरु कोही नभएर प्लेब्वाइ अभिनेताको छवि बनाएका भुवन केसी हुन् ।

अभिनेताबाट निर्देशनमा हात हालेका भुवनले होम प्रोडक्सनमा ड्रिम्स नामक चलचित्र निर्माण गरिरहेका छन् । उक्त चलचित्रमा भुवनकै छोरा अनमोल केसी लिड रोलमा छन् । ड्रिम्स घोषणा गर्ने वित्तिकै सम्भावित नायिकाको रुपमा सृष्टिको नाम पनि आएको थियो । भुवनले उनीसँग भेटे पनि । तर निर्देशक भुवनले अनमोलको तुलनामा सृष्टिको उमेर बढी भएको भन्दै अस्वीकार गरेको खुलेको छ । अर्थात अनमोलको अगाडि सृष्टि निकै बूढी देखिने भन्दै भुवन ड्रिम्समा सृष्टिलाई लिन हिचकिचाएपछि चलचित्रको पर्दामा देखिने सृष्टिको ड्रिम्समाथि समेत अल्पविराम लाग्यो ।

हाल भुवन ड्रिम्सको शुटिङ प्याक अप गरेर ल्याबमा छिरेका छन् भने उता सृष्टि भने फेरि एकपटक हिन्दी गायक तथा संगीतकारको गीतमा देखिने भएकी छिन् । सृष्टि गायक तथा संगीतकार सलिम मर्चेन्टको आवाजमा रेकर्ड भएको नेपाली गीतमा अभिनेता रेश मरहठ्ठासँगै म्युजिक भिडियोमा देखिन लागेका हुन् ।संगीतकार प्रमोद तिमल्सिनाको संगीतमा तयार भएको गीतको रिबेल क्रिएसनले भिडियो तयार गर्न लागेको हो ।

विभोर पोखरेलको निर्देशनमा बनिरहेको भिडियोको छायांकन हाल चितवनका विभिन्न ठाउँमा भईरहेको छ ।

नेपाली फिल्ममा अभिनयका लागि सुनिल पोखरेलसँग अभिनय प्रशिक्षण समेत लिएकी सृष्टिले केही समय पहिले निगम श्रेष्ठको फिल्म खेल्ने चर्चा चलेपनि खबर चर्चामै मात्र सीमित रहेको छ ।

Comments

comments