काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको १२२ रनको लक्ष्य नेपालले ६ विकेटमै भेट्टायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धसतक पूरा गर्दै ४२ बलमा ५२ रन जोडेका थिए । ज्ञानेन्द्र मल्ल ५२ रनमा जगदिप सिंहद्वारा एलबी डब्ल्यु अाउट भए । उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै अनिल मण्डल ४२ बलमा एक चौका सहित २९ रन बनाएर आउट भए ।

Comments

comments