काठमाडौँ । हिन्दु धर्मशास्त्रले मानिसको मृत्यु पश्चात जुठो बार्ने नियमहरुको व्यवस्था गरेको छ । बिभिन्न उमेर समुहका र बंशजका नाताका आधारमा जुठोको समय निर्धारण गरेको छ जसमा कसैको नुहाउदैमा मात्र जुठो सकिने त कसैको भने दशौ दिन बार्नुपर्ने नियम छ । सोही नियमअनुसार नै नेपाली समाजमा हालसम्म जुठो बार्ने गरिएको छ । हेरौ जुठो बार्ने नियमहरु जसलाई धर्मशास्त्रको निर्णयको रुपमा मानिदै आएको छ :

१.व्रतवन्ध नगरेको छोराको मृत्युमा बावु आमा र सौतेनी आमालाई ३ दिन

२.६ महिना सम्मको बालकको मृत्यु भएमा सपिण्डीले नुहाए मात्र पुग्छ ।

३.६ महिना देखि ३ बर्ष सम्मको बालकको मृत्युमा ३ दिन ।

४ छोरीको ६ महिना सम्म सपिण्डीलाइ १ दिन बावुआमालाई ३ दिन ।

५.बिवाह गरेको छोरी माइतमा मृत्यु भएमा दाजुभाइलाइ ३ दिन पतिको घरमा मरे पक्षिणी काकालाई, दिदी बहिनीलाइ

दाजुभाइसरह ।

६.छोराले बावुआमाको नियमले १० रात्री बार्नुपर्दछ । कर्म नचलेकाले पनि ।

७.बिवाह गरेको छोरीको १० दिनभित्र सुने ३ दिन र १० दिनपछि सुने १ दिन जुठो बार्नु पर्ने ।

८.धर्मपुत्रले ३ दिन जुठो बार्नुपर्ने तर किरीया भने १० दिन बार्नुपर्ने ।

९.सौतेनी आमाको १० दिन जुठो बार्नु पर्ने एक बर्ष पछि सुनेमा भने ३ दिनमा टर्ने ।

१० सात पुस्ताभित्र व्रतवन्ध भएकाहरुको १० रात्री बार्नुपर्ने सपिण्डी भित्र मात्र ।

Comments

comments