टोक्यो । विश्वका सबैभन्दा बृद्ध पुरुषको निधन भएको छ । जापानका साकारी मोमोइको १ सय १२ बर्षको उमेरमा मंगलबार टोकियोमा निधन भएको हो ।

विद्यालयका पुर्व प्रधानाध्यापक तथा पांच सन्तानका पिता मोमोइको मृगौलाले काम गर्न छोडेपछि निधन भएको हो । मोमोइको नाम गत अगस्टमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको थियो । सन १९०३ मा फुकोसिमामा जन्मिएका मोमोइले सुरुवातमा एक बिद्यालयमा शिक्षकका रुपमा काम गरेका थिए । पछि उनी सोही बिद्यालयको प्रधानाध्यापक बनेका थिए । गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार मोमोइ बिषेश गरी चिनियाँ कविता पढ्न र पत्नीसंग जापानका बिभिन्न शहर घुम्न रुचाउथे ।  पत्नीको भने यसअघिनै निधन भइसकेको थियो । गिनिज बल्र्ड रेकर्डको प्रमाणपत्र हात पारेपछि मोमोइले आफु अझै दुई बर्ष बांच्न चाहेको बताएका थिए । गिनिज बुक अफ वल्र्ड रेकर्डले अब बिश्वको सबैभन्दा बढी उमेरको पुरुष को हो भनेर घोषणा गरेको छैन तर जापानकै एक सय १२ बर्षका यासितारो कोइद हुन सक्ने संभावना धेरै रहेको छ ।

यासितारो मोमोइ जन्मिएको केही महिना पछि जन्मिएका थिए । गत अप्रिलमा संसारकी सबैभन्दा बढी उमेरको मानिस र सबैभन्दा बृद्ध महिला मिसाओ वकाओको १ सय १७ बर्षको उमेरमा निधन भएको थियो । अहिले उनको उपाधि अमेरिकाकी १ सय १७ बर्षीया सुसान्नाह मुस्हाट जोन्सको नाममा रहेको छ । सुसान्नहाले सोमबार मात्र आफ्नो १ सय १७ औं जन्मदिन परिवार साथी भाईसंग मनाएकी थिइन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार अहिले सम्म सबैभन्दा धेरै उमेर सम्म बाच्ँने फ्रान्सकी जियन्नी कालमेन्ट हुन । १ सय २२ बर्ष १ सय ६४ दिन बांचेकी जियन्नीको १९९७ मा निधन भएको थियो ।

Comments

comments