काठमाडौं । म्यूजिक भिडियोकी व्यस्त अभिनेत्री बर्षा सिवाकोटी नयाँ फिल्म पशुपति प्रसादमा अनुबन्धित भएकी छिन् ।
दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको यो फिल्ममा उनी प्रमुख भूमिकामा रहनेछिन् । फिल्ममा खगेन लामिछाने पनि शीर्ष भूमिकामा रहनेछन् । खगेन्द्रकै कथा रहेको फिल्मलाई माधव वाग्लेले निर्माण गर्न लागेका हुन् । उनले निर्माण गरेको रेशम फिलिलि चलचित्रले निकै चर्चा पाएको थियो । लुट,फष्ट लभ,मिसन पैसा,रेशम फिलिलि जस्ता फरक शीर्षक राखेर फिल्म बनाउँन रुचाउँने निर्माता वाग्लेले यसपटक पशुपति प्रसाद शीर्षक जुराएका छन् ।

यो फिल्मको छायांकन केही दिनपछि नै सुरु हुने बताइएको छ । निर्माता वाग्लेकै रोजाइमा बर्षा परेकी हुन् । फिल्ममा उनलाई सस्पेन्स भूमिकामा देखाइनेछ । बर्षाको जस्तो फेस अरु अभिनेत्रीमा नभएकाले आफ्नो कथामा उनी मात्रै सुहाउँने भएकोले बर्षालाई सिफारिश गरिएको वाग्लेले बताए । वाग्ले पुराना नाम चलेका अभिनेत्रीलाई नलिने निर्माताका रुपमा चिनिन्छन् ।

फिल्मको काममा पुराना अभिनेत्रीले धेरै दुख दिने कारणले पनि उनले बर्षा रोजेको बताए ।  फिल्म नाई नभन्नु ल २ मा बर्षाले काम गरेपनि उनले यसपछि कुनै फिल्म पाएकी थिइनन् । उनले जीवन लुइटेलसँग मिलेर काम गर्ने भनेको रामलिला फिल्म पनि अझै बन्न सकेन ।

उता जापानबाट फिल्म अध्ययन गरेर फर्केका निर्देशक दीपेन्द्रले पनि लामो ग्यापपछि काम गर्न लागेका हुन् । द युगदेखि युगसम्म,धर्मा,चपली हाइट लगायतका चलचित्र निर्देशन गरिसकेका उनले पशुपति प्रसादलाई पनि उम्दा बनाउँन कसर बाँकी नराख्ने दाबी गरे ।

Comments

comments