काठमाडौँ ।  बेलायती एण्डी मुर्रे, विश्व नम्बर २ रोजर फेडेरर र स्विडेनका वारियन्का विम्वल्डन  टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्  ।

सोमबार राती भएको खेलमा क्रोएसियाका कार्लोभिकलाई ३–१ सेटमा पराजित गर्दै मुर्रे अन्मि आठमा प्रवेश गरेका हुन् । प्रतिस्पर्धात्मक भएको खेलमा मुर्रेले ७–६, ६–५, ५–७ र ६–४ को जित हात पारे । अब मुर्रेले सेमिफाइनल प्रवेशका लागि क्यानडाका पोस्पिसिलसँग प्रतिस्पर्धा गर्नेछन् ।  पोस्पिसिलले बेलायतको जवार्डलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् ।

यस्तै स्पेनका वाटिस्टालाई ३–० को सोझो सेटमा पराजित गर्दै विश्व नम्बर २ फेडेरर पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फेडेररले वाटिस्टालाई ६–२, ६–२ र ६–३ को सेटमा पाखा लगाए । अब फेडेररले सेमिफाइनल प्रवेशका लागि फ्रान्सका जी सिमोनसँग प्रतिस्पर्धा गर्नेछन् । सिमोनले आफ्नै देशका मोनफिल सोङ्गालाई पराजित गर्दै क्वाटरफाइनमा स्थान सुरक्षित गरेका थिए ।

यसैगरि बेल्जियमका गोफिनलाई ३–०  पराजित गर्दै विश्व नम्बर ४ वारियन्का अन्तिम आठमा प्रवेश गरेका हुन् । वारियन्काले प्रतिस्पर्धात्मक खेलमा ७–६,७–६, र ६–४ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । वारियन्काले अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सका २१ औं वरियता प्राप्त गास्कोट सँग प्रतिस्पर्धा गर्नेछन् । गास्कोट अष्ट्रेलियाका क्यारगियोसलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

यता विश्व नम्बर एक नोभाक जोकोभिक र केभिन एण्डरसन विचको खेल भने खराव प्रकासका कारण विचमै रोकिएको छ । पहिला २ सेटमा पराजित भएको जोकोभिकले पछिल्ला २ सेट जित्दै खेल २–२ को बराबरीमा ल्याएपछि खराव प्रकाशका कारण खेल रोकिएको हो । अब निर्णाएक सेट आज हुनेछ ।

Comments

comments