हुन त कलाकारहरुले आफ्नो गीत र एल्वमको प्रोमोशनका लागि म्यूजिक भिडियो बनाउँने गर्दछन् । म्यूजिक भिडियोमा गीतले अभिव्यक्त गर्न खोजेको कथा वा भाव समेत स्पष्ट पार्ने भएकोले हिजो आज म्यूजिक भिडियो अनिवार्य जस्तै बनेको छ । तर म्यूजिक भिडियोको काम र महत्व त्यतिमा मात्र सीमित छैन । यहाँ त्यस्ता म्यूजिक भिडियोहरुको बारेमा चर्चा गरिदैछ,जुन म्यूजिक भिडियो हेरेपछि फेसन र स्टाइलबारे सम्पूर्ण जानकारी पाइन्छ । त्यसैले ती म्यूजिक भिडियोहरुलाई फेसनको कक्षा पनि मानिन्छ ।

Beyonce 2वियोन्से : फेसनकी देवी

प्रसिद्ध गायिका वियोन्सेको रन द वल्र्ड यस्तै एउटा म्यूजिक भिडियो हो । सन् २०११ मा निर्मित यो म्यूजिक भिडियोमा वियोन्से जे गर्छिन्,ती सबै स्टाइल लाग्छ । अनि यो म्यूजिक भिडियो हेर्दा संसारका सबै चल्तीका डिजाइनरहरुको कलेक्सन यसैमा प्रयोग भएको जस्तो लाग्छ ।  सन् २०१० मै निर्मित पुस्सी स्प्रीङमा उनले लगाएकी सेक्सी कैनरी येल्लो ड्रेसमा पनि वियोन्से निकै सेक्सी र स्टाइलिस लाग्छिन् ।

Beyonceयस्तै स्टेट अफ आर्ट गीतको म्यूजिक भिडियोमा उनको कपालको स्टाइललाई फलो गर्नेहरु पनि धेरै थिए भने रन द वल्र्डमा उनले लगाएकी जुत्ता पनि निकै पपुलर रहे । त्यसैले वियोन्सेलाई सुरिलो स्वर भएकी फेसनकी देवी गायिका पनि मानिन्छ ।

Madonnaम्याडोना र उनको ब्रालेस टप :

आफ्नो जमानाकी हट एण्ड सेक्सी गायिका म्याडोना पनि स्टाइलिस गायिका मानिन्छ । उनका हरेक म्यूजिक भिडियोहरु उनले लगाउँने लुगाका कारण अझ बढी विवादस्पद र चर्चित मानिन्छन् । उनको चर्चित भोग म्यूजिक भिडियोमा उनले कयौं यस्ता पहिरन लगाएकी छिन्,जसले दुनियाँलाई नै आश्चर्य चकित मात्र बनाएनन्,उनको दिवाना पनि बनाए । त्यसमध्ये बाहिरबाटै छर्लङ्ग स्तन देखिने कोनिकल ब्रालेस टप बढी चर्चित भए । यो गीतको आइ डन्ट गीभ अ फक ह्वाट यू थिङ्कमा उनले देखाएको एट्टिच्यूट दर्शक र उनका प्रशंसकहरुले औधी रुचाए । म्याडोनालाई सेक्सकी देवीको छवि दिलाउँन यो म्यूजिक भिडियोको पनि ठूलो हात रह्यो ।

lady Gagaयस्तै अर्की गायिका लेडी गागा र पप गीतका सम्राट माइकल ज्याक्सनका म्यूजिक भिडियोहरु पनि फेसन अनि स्टाइलका दृष्टिकोणले निकै पपुलर मानिन्छन् । लेडी गागाको सन् २०१० मा बनेको म्याक क्वीन्स फलमा उनले लगाएकी कालो र रातो रंगको पहिरन फेसनप्रेमीहरुको प्रिय थिए ।

नेपाली पनि कम छैनन् :

नेपालमा भने स्वर्गीय निर्देशक आलोक नेम्वाङका म्यूजिक भिडियोहरु फेसन र स्टाइलका दृष्टिकोणले उम्दा मानिन्छन् । निर्देशक आलोक मोडल र गीतको कथा अनुसार उनीहरुको पहिरन,त्यसको रंग र त्यससँग म्याच खाने गहना र अन्य प्रोपर्टीहरु जुटाएर मात्र म्यूजिक भिडियो बनाउँथे । बाला,झुम्का,लालटीन,पाउँजु उनका प्रिय प्रोपर्टी थिए ।

Comments