एजेन्सी ।  साविक विजेता जापानलाई स्तव्ध पार्दै महिला विश्वकप फुटबलको उपाधिका अमेरिकाले जितेको छ । सोमबार बिहान भएको फाइनलमा जापानलाई ५–२ ले हराउँदै अमेरिकाले उपाधि उचालेको हो । योसँगै अमेरिकाले महिला विश्वकपको उपाधि तीन पटक जितेको छ ।

अमेरिकाको जितमा कार्ली लाइडको योगदान प्रमुख रहयो । ह्याट्रिक गरेकी कार्लीले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाइन् । त्यसको दुई मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल गर्दै कार्लीले अग्रता दोब्बर पारिन् । १४ औं मिनेटमा लउरेन होलिडेले गोल गर्दै अमेरिकाको अग्रता ३–० मा पुर्‍याइन् । १६ औं मिनेटमा कार्लीले गोल गर्दै ह्याट्रिक पुरा गरिन भने अमेरिकाको अग्रता पनि ४–० मा पुर्‍याइन् ।

जापानकी युकी ओगिमीले २७ औं मिनेटमा गोल गर्दै खेल ४–१ को अवस्थामा ल्याइन् । ५२ औं मिनेटमा अमेरिकाकी जुली जोनसनले आत्मघाति गोल गरेपछि खेल ४–२ को अवस्थामा पुग्यो । त्यसको दुई मिनेटपछि टोबन हिथले गोल गर्दै अमेरिकालाई ५–२ जित दिलाइन् ।

महिला विश्वकपको इतिहासमा ५–२ को यो जित नै अहिलेसम्म कै सबैभन्दा बढी गोल भएको फाइनल खेल हो । अमेरिका जर्मनीलाई हराउँदै तथा जापान इंग्ल्याण्डलाई हउँदै फाइनलमा आएका थिए ।

Comments