एजेन्सी । आर्थिक संकटबाट पार पाउन युरोपेली देशले गरेको प्रस्ताव स्वीकार गर्ने या नगर्ने भन्ने बारे ग्रीसमा आज जनमत संग्रह हुँदैछ ।

ग्रीक प्रधानमन्त्री एलेक्सिस सात्प्रासले युरोपेली देशहरुको प्रस्ताव स्वीकार गरे सदयौंसमम उनीहरुको अपहेलना सहनुपर्ने भन्दै ती प्रस्तावको विपक्षमा मतदान गर्न आह्वान गरेका छन् । उता विपक्षीहरुले भने युरोपेली देशहरुको प्रस्ताव स्वीकार गर्नुको विकल्प नभएको र अस्वीकार गरेमा ग्रीस थप आर्थिक समस्यामा पर्ने भन्दै पक्षमा मतदान गर्न अनुरोध गरेका छन् ।

जनमत संग्रहबारे गरिएको पूर्व सर्वेक्षणले दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर युरोपेली देशहरुको प्रस्तावलाई स्वीकार गर्ने पक्षमा बढी मत आउँने देखिएको छ । त्यसो भएमा आफूले पदबाट राजीनामा दिने ग्रक प्रधानमन्त्री सात्प्रासले पहिले नै घोषणा गरिसकेका छन् । आफ्नो देशको आत्मसम्मान भन्दा ठूलो आफ्ना लागि केही नभएको उनले बताए । उनले जनतासँग भनेका छन्–ती प्रस्तावहरु अस्वीकार गरौं । अझ राम्रा प्रस्तावहरु आउँनेछन् ।

तर जनमत संग्रहमा युरोपेली मुलुकका प्रस्ताव अस्वीकार भएमा ग्रीस युरोजोनबाट अलग हुनेछ । त्यसो भएमा ग्रीसको संकट अझ बढ्ने विश्लेषण गरिएको छ । यरोजोनबाट अलग भए बेरोजगारी बढ्नुका साथै दैनिक जीवनयापानमा समेत समस्या पर्न सक्ने ग्रीक जनताको डर छ । त्यसैले आइतवार हुने जनमत संग्रहबाट ग्रीसको भविष्य समेत निर्धारण हुनेछ ।

Comments