मेलबर्न । एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदमा सुरेन्द्र सिग्देल निर्वाचित हुनुभएको छ ।  भरत पोखरेललाई पराजित गर्दै सिग्देल एनआरएनएको आगामी नेतृत्वका लागि निर्वाचित हुनुभएको हो ।

सचिवमा टोनु गोथाने गुरुङ, सहसचिवमा भिष्मराज भण्डारी, कोषाध्यक्षमा डिला खरेल विजयी हुनुभएको छ । राती १ः १० बजे मत परिणाम सार्वजनिक भएको  हो ।

सार्वजनिक परिणाम अनुसार युवा संयोजकमा विजय शर्मा चापागाईं निर्वाचित हुनुभएको छ । यस्तै इन्टरनेशनल कोअर्डिनेशन कमिटी आइसीसी मेम्बरमा केशव सापकोटा, ईश्वर कुईंकेल, प्रकाश जिसी, बालचन्द्र भट्टराई र डा. राजु अधिकारी निर्वाचित हुनुभएको छ ।

यसैगरी एनएसडब्लु च्याप्टरको संयोजकमा दिनेश पोखरेल, डेपुटी कोअर्डिनेटर प्रकाश खरेल र सचिवमा भूपाल सिटौला निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यमध्ये अधिकांश सिग्देल पक्ष नै विजयी भएका छन् ।

Comments

comments