काठमाडौं । नयाँ संविधानको मस्यौदाको धारा ३१ मा कुनै धर्मबाट अलग हुने स्वतन्त्रतालाई धर्म परिवर्तनसँग व्याख्या नगर्ने सहमतिपछि संविधानसभामा राप्रपा नेपालले गर्दै आएको अबरोध अन्त्य भएको छ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच कुनै धर्मबाट अलग हुने स्वतन्त्रतालाई धर्मपरिवर्तनका रुपमा व्याख्या नगर्ने सहमति पछि संविधासभाको अबरोध हटेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्त्रीसहित प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा कुनै धर्मबाट अलग हुने स्वतन्त्रतालाई धर्मपरिवर्तनको रुपमा व्याख्या नगर्ने सहमति भएको बताउँनुभयो ।

राप्रपा नेपालले विदेशीको इसारामा संविधानको मौलिक हकमा धर्मपरिवर्तन गर्न पाउने व्यवस्था थप गरेको भन्दै शुक्रबारदेखि संधिवानसभा बैठक अवरोध गर्दै आएको थियो । शुक्रबार अबरोधकाबीचनै संविधानसभामा मस्यौदामाथिको छलफल चलेको थियो । शनिबार पनि ११ बजेर ४४ मिनेटमा सुरु संविधानसभा बैठकमा राप्रपा नेपालले नाराबाजी सुरु गरेको थियो । दलहरुबीच सहमतिभएसँगै राप्रपा नेपालको अबरोध अन्त्य भएको छ ।

Please follow and like us:

Comments