टोक्यो । महिला विश्वकप फुटबलको उपाधिका लागि जापान र अमेरिकाबीच आइतवार प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता जापान उपाधि रक्षाको रणनीतिमा हुनेछ भने अमेरिका उपाधि हत्याउने दाउमा । दुवै बलियो प्रतिस्पर्धी आमनेसामने भएपछि आइतवार क्यानडामा हुने खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यसैबीच एउटा सुगाले यसपटक पनि महिला विश्वकपको उपाधि जापानले नै जित्ने भविष्यवाणी गरेको छ । १० वर्षका ती सुगाले जापानको झण्डा चयन गर्दै जापान विजेता बन्ने संकेत गरेको हो । जापानको तोजिकी राज्यको नाशु एनिमल किङ्डममा रहेको ती सुगाले जापानले जित्ने भविष्यवाणी गरेपछि अधिकांश जापानी खेलप्रेमीहरुमा विश्वास पलाएको छ ।

Comments

comments