मेलबर्न । एनआरएन अष्ट्रेलियाको आगामी नेतृत्वका लागि निर्वाचनको पूर्व सन्ध्यामा आइपुग्दा विभिन्न किसिमका अनुमान र विश्लेषण गरिन थालिएको छ ।

यसैक्रममा सचिव पदमा उम्मेदवारी दिनुभएका टोनु घोताने गुरुङको जीत निर्वाचन अघि नै सुनिश्चित भएको विश्लेषण हुन थालेको छ । हरेक नेपाली संघ संगठनहरु नेपालको अन्तरिम संविधानले गरेको व्यवस्था अनुसार चल्नुपर्छ । र, नेपालको संविधानले समावेशी व्यवस्था अनुसार आदिवासी,जनजाति,महिला र सीमान्तकृत समुदायको लागि आरक्षणको व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था अनुसार एनआरएनएको आसन्न निर्वाचनमा प्रमुख चार कार्यकारी पदमा टोनु गुरुङ एक्ला आदिवासी जनजाति उम्मेदवार हुनुहुन्छ । यसका साथै नेपाली समुदायमा निकै भिजिसक्नुभएका घोताने समुदायमा समेत लोकप्रिय छवि स्थापित गर्न सफल हुनुहुन्छ । त्यसैले करिब ३ हजार मतदाता आदिवासी जनजाति समुदायको रहेको अष्ट्रेलियाली गैर आवसीय नेपाली संघको यो निर्वाचनमा उहाँको जीत लगभग सुनिश्चित भएको विश्लेषण गर्न थालिएको छ ।

निर्वाचन भोलि आइतवार अर्थात जुलाइ  ४ मा हुँदैछ ।

Comments