काठमाडौं । एक दशक अघिको सुपर हिट चलचित्र दर्पण छाँयाको पनि सिक्वेल बन्ने भएको छ ।

नेपाली चलचित्र जगतकै सर्वाधिक लोकप्रिय चलचित्र दर्पण छायाँको सिक्वेल पनि निर्देशक तुलसी घिमिरे आफैंले निर्माण गर्न लागेका हुन् । निर्देशक घिमिरेले चलचित्र दर्पणछायांको कार्य आरम्भ समेत गरिसकेका छन् । यसको गीत रेकर्डिङ सकिएको छ भने अव चाडैनै चलचित्र छायांकनमा जानेछ ।

चलचित्र दर्पण छाया २ दिलिप रायमाझी र उत्तम प्रधान नै रहने छन् । तर नायिका निरुता सिंह भने रहने नरहने टुंगो नलागेको निर्देशक घिमिरेले बताए । स्मरणररहोस् दर्पण छायाँ चलचित्रमाको अन्त्यमा नायिका निरुतालाई मरेको देखाइएको थियो । चलचित्रलाई अहिलेको समयलाई मध्यनजर गर्दैै प्रस्तुत गरिने निर्देशक घिमिरेको तयारी छ ।

Comments

comments