मेलबर्न । अष्ट्रेलियामा अध्ययन गर्न आउँन इच्छुक नेपाली विद्यार्थी र तिनका अभिभावकहरुबीच विश्वासिलो र भरपर्दो कन्सल्टेनसीका रुपमा रहँदै आएको कँडेल कन्सल्टेन्सीले आकर्षक छात्रवृत्ति योजना सार्वजनिक गरेको छ ।

नयाँ छात्रवृत्ति योजनामा निशुल्क एप्पल आइप्याडदेखि २ हजार डलरसम्म रहने छ । यो योजना अन्तर्गत अबको एक महिनाभित्र कँडेल कन्सल्टेन्सी मार्फत अष्ट्रेलिया अध्ययनका लागि आउँने विद्यार्थीहरु सहाभागी हुन पाउँनेछन् ।
अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य बन्दै आएको छ । तर भरपर्दो कन्सल्टेन्सी र कलेज छान्न नसक्दा केही विद्यार्थीहरु अलपत्र समेत परेका छन् । अझ केही कलेजमा अध्ययनरत विद्यार्थीहरु त कलेजको अन्तिम सेमिस्टारको केही महिना मात्र बाँकी रहँदा कलेज बन्द हुँदा वा कानूनी कारवाहीमा पर्दा विचल्लीमा समेत परेका छन् ।

नेपाली विद्यार्थीहरुको यस्तै अप्ठ्यारोलाई ध्यानमा राख्दै विगत लामो समयदेखि कँडेल कन्सल्टेन्सीले नेपाली विद्यार्थी र अभिभावकहरुलाई सही परामर्श सेवा प्रदान गर्दै आएको छ ।

Comments

comments