काठमाडौं । लामो समयको पर्खाईपछि  संविधानसभामा सविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत भएको छ । मंगलबार साँझ संविधानसमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले केहि दलको विरोधकाबीच संविधानसभामा संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुभयो ।

संविधानसभाले दिएको १५ दिनको म्याद भित्र नै  मस्यौदा समितिले संविधानको प्रारम्भीक मस्यौदाको खाका तयार पारे पनि केहि भाषगत तथा प्राबिधीक  बिषयमा दलहरु बिच मतभेद देखिएको थियो । मंगलबार दिन भर दलहरुको छलफल पछि मस्यौदाको बिवाद टुंगीएको थियो । केहि दल तथा सभासद्हरुको फरक मत सहितको मस्यौदा सभापति सिटौलाले संविधानसभामा पेश गर्नु भएको हो ।  मस्यौदा पेश गदै सभापति सिटौलाले संविधानमा सबै दल तथा सभासद्हरुको भनाई समाबेश गर्न नसकिए पनि अधिकांश दलहरुको साझा सहमतिमा मस्यौदा आएको बताउनु भयो । २००७ साल देखि नेपाली जनताले आफ्नो संविधान आफैले लेख्ने ईच्छा पुरा हुन लागेको भन्दै आठ बर्षको अथक प्रयास सार्थक हुने बेला आएकेमा खुसी व्यक्त गर्नु भयो ।

मस्यौदामा दलहरु बिच देखिएको नागरिकताको  बिषय, संवैधानिक निकाएमा पूर्ननियुक्तिका बिषय तथा अन्य  बिवादित बिषयहरुमा दिन भर नै छलफल भएको थियो । दलहरु  बिच स्थानिय निकायको  निर्वाचन, न्यायपरिषदमा प्रमुख बिपक्षी दलको नेताको सहभागिता, सुरक्षा परिषदमा प्रधान सेनापतिको  सहभागिताको बिषयमा मुख्य  बिवाद थियो । यस संगै मस्यौदा प्रस्तुत अघि सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसस्था लगाएत बिषयमा जनमत संग्रहबारे संविधानसभामा छलफल  हुनु पर्ने भन्द्यै राप्रपा नेपालका अध्यक्ष कमल थापाले नियमआपत्ती समेत जनाउनु भएको थियो ।

संविधानको मस्यौदा संघियता बिरोधी, पहिचान बिरोधी भन्दै केहि मधेषबादी नेताहरुले संविधानसभा  बैठक भित्र नै बिरोध गर्दै मस्यौदा च्यातेका थिए ।

तर संविधानसभा अध्यष  सुवासचन्द्र नेमवाङले  मस्यौदामा के के  बिषय  समाबेश भएके छ के के बिषय छmुटेका छन थाहा नै नपाई गरिएको  बिरोधको कुनै औचित्य नभएको  बताउनु भयो ।

यस अघि सोमबार अवेर सम्म  पनि दलहरु बिच सहमति जुट्न नसके पछि मध्यराती शाक प्रस्ताव पारित गर्दै संविधानसभाको बैठक स्थगित भएको थियो । मंगलबार मस्यौदा आए  संगै सबै दलहरु मिलेर संविधान ल्याउने प्रयत्नलार्इृ सकरात्मक भएको भन्दै शिर्ष नेताहरुले प्रशंसा गरेका छन । तर यसको  बिरोधमा उत्रिएका दलहरुले भने जनताको भावना बिपरित आएको मस्यौदाको सशक्त बिरोभमा उत्रने घोषणा गरेका छन ।

Please follow and like us:

Comments