एजेन्सी । बलिउडमा लोभलाग्दो करियर बनाइरहेकी नायिका सोनाक्षी सिन्हलाई त्यतिबेला झट्का लाग्यो जब उनको अश्लिल चलचित्रको क्लीप र तस्वीर सार्वजनिक भयो ।

सोनाक्षी सिन्हको भनिएको उक्त एमएमएस र तस्वीर भाइरल बनेपछि केही समय त उनलाई मुख देखाउँनै मुस्किल भयो । तर आँटी स्वभावकी सोनाक्षीले हिम्मत हारिनन् । त्यसैले उनी उक्त अश्लिल तस्वीर आफ्नो नभएको पुष्टि गर्न लागिरहिन् । अन्ततः सत्यको जीत हुन्छ भने जस्तै सोनाक्षीकै जीत भयो । अर्थात उक्त तस्वीर र भिडियो क्लीप उनको नभई दुरुस्तै सोनाक्षी जस्ती देखिने अरु नै युवतीको भएको पुष्टि भयो ।

त्यसो त दुरुस्तै देखिने अनुहारका कारण दुख पाउँने नायिका सोनाक्षी मात्र होइनन्,यस अघि पनि क्याट्रिना कैफ,ऐश्वर्य राय जस्ता नायिकाहरुले भने यस्तै झमेलाहरु झेलिसकेका छन् ।

Please follow and like us:

Comments