मेलर्वन । आगमी जुलाई ४ तारिखमा हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचनको चुनावी मैदानमा सह–सचिवमा सरोजकुमार शर्माको उम्मेदवारी परेको छ । त्यसैले चुनावको मिति नजिकिएसागै उहाँलाई पनि चुनावी चटारोले छोएको छ । तर आफ्नो जीत सुनिश्चित रहेकोमा उहाँ विश्वस्त हुनुहुन्छ ।

झण्डै एक दशकदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आउँनुभएका शर्माले यसपटक “एक पटकको नेपाली सधैंको नेपाली । कर्मभूमि प्रवास भएपनि तन र मन त सधैं नेपाल र नेपाली” भन्ने नारालाई आफ्नो मूल चुनावी अभियान बनाउँनुभएको छ । सुरुवातीका करिब पाँच वर्ष सिड्नीमा रहनुभएका शर्माले सन् २०१० बाट भने मेलर्वनमा बस्दै आउँनुभएको छ । सिड्नीमा एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिसेजमा कार्यरत रहेर निकै लामो अनुभव लिनुभएपछि हाला उहाँ एक्सपर्ट एजुकेशनको मेलवर्न शाखामा म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ ।

नेपालको दाङ जिल्ला स्थायी घर भएका उहाँ नेपालमा रहँदा पनि विद्यार्थी अवस्थादेखि नै समाजिक कार्यमा सक्रिय हुनुहुनथ्यो । काठमाडौंको धुम्वाहराहीमा रहँदा त्यहाँका स्थानीय क्लब र संघ संस्थाहरुमा उहाँको सक्रिय सहभागीता रहन्थ्यो । समाजसेवाको लगाबकै कारण अस्ट्रेलियामा समेत शर्माले नेपाली समुदायका विभिन्न संघ संस्थामा रहेर काम गरिसक्नुभएको छ । त्यसक्रममा उहाँले सन् २०११ देखि २०१३ सम्म नेप्लीज एसोसियसन अफ भिक्टोरिया( न्याभ) को सहसचिव पदमा रहेर काम गरिसक्नुभएको छ ।  त्यस्तै सन् २०१३ देखि २०१५ सम्म एनआरएनए भिक्टोरिया राज्यको डेपुटी कोर्डिनेटरको रुपमा समेत रहेर उहाँले कार्यगत  अनुभव र ज्ञान लिइसक्नुभएको छ ।

सरल स्वाभाव तथा मिजासिलो बोलीकै कारण शर्मा सिड्नी लगायत मेलवर्नवासीहरुमा परिचित हुनुहुन्छ । नेपाली समुदायमा हुने कार्यक्रममा सकभर सबै ठाउँमा उपस्थिति जनाउने शर्मा सहयोगी स्वाभावका कारण समुदायबीच लोकप्रिय पनि हुनुहुन्छ । सन् २०१४ मा सम्पन्न नेपाल फेष्टिभल मेलवर्नमा उहाँले स्टल म्यानेजमेन्ट कोर्डिनेटर भएर आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाउँनुभएको थियो । आफ्नो कामको सिलसिलामा विद्यार्थी तथा यूवाहरुका समस्यालाई नजिकबाट नियाल्नुभएका शर्माले यसलाई पनि आफ्नो चुनावी एजेण्डा बनाउँनुभएको छ । साथै शर्माले एनआरएनएको प्रमुख एजेण्डालाई आत्मासाथ गर्दै प्रवासमा नेपाली भाषा र संस्कृतिलाई युवामाझ अझ सशक्त बनाउने उद्वेश्य बोक्नुभएको छ ।

Comments

comments