काठमाडौं । गत साता १३ अंकको बृद्घिका साथ बन्द भएको शेयर बजार यो साताको पहिलो दिन आईतबार करिब आठ अंकले उकालो लागेको छ ।

आइृतबार सबै सूचकको परिणाम सकारात्मक भएपछि परिसूचकमा सात दशमलब ६ दुई अंकको बढोत्तरीका साथ नेप्से सूचकांक नौसय ३८ मा पुगेको छ । .निकै समय देखि शेयर बजारका सूचकांकहरु रातो देखा परे पनि यो साताको पहिलो कारोबारी दिन आईतबार हरियो संकेत देखा परेको छ । कुल एकसय २८ कम्पनीको कारोबार भएकोमा दश लाख पच्चीस हजार तिनसय एक कित्ता शेयरको किनबेच भयो । जसबाट आइृतबार कुल  ३७ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ ।

आइृतबार कारोबारको आधारमा सबैभन्दा बढी बिमा क्म्पनिहरुको सूचकांक माथि देखियो । दिनभरिमा बिमा समूहको एकसय तिस अंक रह्यो । बिमा र अन्य समूहको बृद्धिले समग्र बजार परिसुचक ७.६२ अंकले बढेर ९३८ अंकमा पुगेको हो  ।
आइतबार बिमा कम्पनिको एकसय तिस अंक ,अन्य उपसमूहको आठ दशमलब दई दुई अंक  र बैंकिङ अन्तर्गत तिन दशमलब नौ एक अंकको सुधार देखियो । त्यसैगरी आईतबार होटल उपसमूहको ६ अंक र हाईड्रोको तिन दशमलब नौ एक अंकले उकालो लागेको छ । बिनाशकारी भूकम्प पश्चात जेठ १० गतेबाट शुरु भएको शेयर बजारमा यो सबैभन्दा सुखद परिणाम हो ।

Comments