काठमाडौं । संविधानसभाको मस्यौदा समितिले संविधानको पहिलो एकीकृत मस्यौदा पारित गरेको छ।  आईतवार साँझ सिंहदरबारमा बसेको बैठकले मस्यौदा पारित गरेको हो ।

मस्यौदा पारित भएपछि सभाध्यक्ष सुवास नेम्वाङलाई आईतवार बुझाइने र सोमबार बस्ने संविधानसभाको बैठकमा मस्यौदा प्रस्तुत गर्ने तयारी छ । यसअघि आइतबार बसेको मुख्य दलका शीर्षस्थ नेताहरुको बैठकले केही विषयमा मतभेद भए पनि संविधानको मस्यौदालाई संविधानसमा पेस गरेर जनतामा लैजाने निर्णय गरेको थियो।

विशेष कार्यदलले संविधानको एकीकृत मस्यौदा तयार गरेर मस्यौदा समितिमा पेस गरे पछि त्यसमा नमिलेका केही विषयलाई टुंग्याउन आईतवार  बिहानदेखि बालुवाटारमा बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस, एमाले, एकीकृत माओवादी, मधेसी मोर्चाका प्रमुख नेताहरुको सहभागिता थियो।

खासगरी प्रस्तावना, नागरिकता, मौलिक हक, संवैधानिक निकायका पदाधिकारीको पुर्ननियुक्ति, बहुलवाद लगायतका विषयमा दलहरुबीच सामान्य मतभेद देखिएको छ। यी विषयमा सहमति भए लिपिवद्ध गरेर अघि बढ्ने सहमति नभए पनि मतदानबाट टुंगो लगाउने समझदारी भएकोले प्रक्रिया रोकिने अवस्था नभएको वताईएको छ।
संविधानसभाले पन्ध्र दिनभित्र मस्यौदा बनाएर प्रस्तुत गर्न निर्देशन दिदै दुई साताअघि संवैधानिक समितिको प्रतिवेदन मस्यौदा लेखनका लागि मस्यौदा समितिमा पठाएको थियो ।

Comments

comments