काठमाडौं । नेपालको पूर्वी भागमा भूकम्पको धक्का महशुस गरिएको छ । आइतबार बिहान ७ बजेर ५ मिनेटमा भारतको आसाम र भूटानको थिम्पु केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्टिय भूकम्प मापन केन्द्रले जनाएका छन् ।

नेपालमा वैशाख १२ गते  ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । मध्य क्षेत्रमा यसको पराकम्पन अझै आइरहँदा भारतमा भूकम्प गएपछि नेपालको पूर्वमा पनि धक्का महशुस गरिएको हो ।

Comments