काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वारफाइनलबाटै बाहिरिएको छ ।

चिलीमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो ।

टाइब्रेकरमा पराग्वेले खेल ४–३ ले आफ्नो पक्षमा पार्यो । प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारीत र थपिएको समयमा समेत खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिनु परेको थियो । निर्धारीत समयको खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । पहिलो हाफको १५ औ मिनेटमा रोविन्होलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

दोश्रो हाफको २६ औं मिनेटमा पराग्वेले पेनाल्टीको अवसर प्राप्त गर्यो । पेनाल्टीमा डेरलिस गोन्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याए । अब फाइनल प्रवेशका लागि पराग्वेले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

comments