एजेन्सी । आफ्नो यूनिक डान्स स्टाइलका लागि विख्यात माइकल ज्याक्सनको निधन भएको ६ वर्ष वितिसकेको छ । तर उनको स्टाइलले गर्दा उनी दुनियाँभरका डान्स प्रेमीहरुबीच अझै पनि अमर छन् ।

यसैबीच हालैमात्र एउटा अचम्मको घट्ना घटेको छ । उनै डान्सिङ किङ माइकल ज्याक्सनको आत्मले मध्यरातको जुनेली आकाशमा डान्स गरिरहेको धेरैले प्रत्यक्ष देखे । कतिले त त्यसको फोटो खिचेर पोष्ट गर्न समेत भ्याए । त्यसरी फोटो पोष्ट गर्नेमा बलिउड अभिनेता अभिषेक बच्चन पनि छन् । उनले आफ्नो इंस्टाग्राम एकाउन्टमा फोटो शेयर गर्दै लेखेका छन्– माइकल ज्याक्सन मुनवाकिङ इन द स्काइ । त्यसो त ज्याक्सनको आत्मले डान्स गरिरहेको उक्त फोटो सबैभन्दा पहिले रिटायर्ड अमेरिकी बास्केटबाल प्लेयर शकील ओ नीलले शेयर गरेका थिए । अभिषेकले पनि उनकै एकाउन्टबाट रिपोष्ट गरेका हुन् । वास्तवमा उक्त फोटो धुम्म परेको बादलको हो । जसमा गहिरिएर हेर्दा माइकलको आत्मले नै डान्स गरिरहेको जस्तो देखिन्छ ।

दुनियाँमा पप किङको रुपमा विख्यात माइकल ज्याक्सन विशेष गरी मुन डान्सका लागि अझ बढी चर्चित मानिन्छन् ।

Comments

comments