काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि ३ जनाको उम्मेद्वारी परेको छ ।

बरिष्ठ उपाध्यक्ष पशुपती मुरारका, पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी सदस्य भवानी राणाले आज आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

निर्वाचन समितिका संयोजक गोविन्ददेव पाण्डेका अनुसार सबैभन्दा पहिला राणाले उम्मेद्वारी दर्ता गराउनुभएको हो । त्यसपछि मुरारका र राजकर्णिकारले उ्ममेद्वारी दर्ता गराउनुभएको थियो । यसअघिको निर्वाचनमा राजकर्णिकार प्रदीपजंग पाण्डेसँग अध्यक्षमा पराजित हुनुभएको थियो ।

कार्यकाल बाँकी नै रहदा भ्रष्टाचार सम्बन्धी पुरानो मुद्धामा पाण्डे जेल परेकाले महासंघ अध्यक्ष पद खाली रहेपछि सो पदका लागि निर्वाचन हुन लागेको हो ।  उम्मेद्वारी दर्ता गर्ने अन्तिम समय आज साँझ ५ बजे सम्मका लागि तोकिएको थियो ।

अध्यक्ष पदका लागि आगामी १८ गते निर्वाचन हुदैछ । त्यसअघि उम्मेद्वारले चाहेको खण्डमा मनोनयन फिर्ता लिनसक्ने निर्वाचन समितिले जनाएको छ ।

Comments

comments