एजेन्सी  । बिश्व प्रसिद्ध इन्टरनेट कम्पनी गुगलले अब छिट्टै नै संसारभरी  निशुल्क वाइफाई सेवा दिने भएको छ ।

ब्लुमबर्ग न्यूजका अनुसार न्युयोर्कमा वाइ-फाई  सविर्स ट्रायल सफल भएमा गुगलले संसारभरी  नै यो सेवा ल्याउने जनाएको छ ।

गुगलले यसलाई अहिले न्युयोर्कमा मात्र ट्रायलका रुपमा ल्याउने र संसारभरी  नै यो सेवा छिट्टै पुराउने लक्ष्य राखेको छ ।

गुगलको यस प्लानलाई छिटो भन्दा छिटो यो सुबिधा ल्याउनका लागिपरेको जनाएको छ ।

यसका लागि कम्पनीले ”साइडवक लेब्स” कम्पनी समेत दर्ता गरिसकेको छ ।

गुगलले न्युयोर्कमा रहेको सुपरफास्ट इन्टरनेट सर्विस दिने कम्पनी किन्नका लागी पनि गृहकार्य गरेको र  फ्रिमा वाइफाईका लागी अहिले न्युयोर्कमा बिग एपलको पुरानो बुथहरुको प्रयोगमा ल्याउने तयारी गरेको समाचारमा उल्लेख छ ।

गुगलले यस बुथहरुमा  वाइफाई  फ्रि गर्ने र त्यस बुथ मोवाइलमा चार्ज गर्ने सेवा पनि दिने जनाएको छ ।

Comments