भक्तपुर । कुनै समयका निकै जोशीला गायक बुद्धिकृष्ण लामिछाने थला परेका छन् । पक्षघातका कारण थलिएपछि उनी अहिले भक्तपुर नगरकोट स्थित आफ्नै घरको चौघेराभित्र सीमित हुन पुगेका छन् ।

झन् त्यसमाथि हालै गएको महाविनाशकारी भूकम्पले घर पनि भत्काइदिएपछि उनको परिवार नै अहिले विचल्लीमा परेको छ । तर अहिलेसम्म कतैबाट सहयोग नपाउँदा आर्थिक संकटका कारण आफ्नो उपचारमा समस्या भैरहेको उनले बताए ।

सात वर्षको उमेरदेखि गीत गाउँन थालेका लोकगायक लामिछानेका घाँस काट्ने खुर्केर,पिढींमा बसेर मेरी आमा रुँदी हुन्,बाखरी बाखरी लगायतका गीतहरु निकै लोकप्रिय छन् । २०१२ सालमा जन्मिएका गायक लामिछानेका २ छोरा र ५ छोरी सहित श्रीमती छन् ।

Comments

comments