काठमाडौं । सरकारले अन्र्तराष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको वताएको छ। नेपालवारे वाह्रय मुलुकहरुमा सकारात्मक सन्देश गएको पाईएको सरकारले दावी गरेको छ ।

दाता सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. रामशरण महतले हालसम्म दाताहरुवाट अनुदान सहयोग २ खर्व ३० करोड रुपैयाँ र ऋण सहयोग २ खर्व २० आएको जानकारी दिनुभयो। दाताहरुवाट आएको रकममात्र ठुलो नभएको भन्दै वाह्रय विश्वले नेपालप्रति देखाएको सदासयता महत्वपूर्ण भएको उँहाले वताउनुभयो।

आगामी पाँच बर्षभित्र पुनर्निर्माणको कार्य सम्पन्न गरिनेपनि उहाँले वताउनुभयो ।

Comments