मेलबर्न । अष्ट्रेलियाका मेलबर्न निवासी नेपाली समुदायलाई यतिखेर एउटा चिन्ताले फिलिलि पारेको छ । न म ढिला भएँ कि ? मैले नपाउँने हो कि ? सबैको मनमा यतिखेर यही प्रश्न उठिरहेको छ । तर धेरै जना भने मख्ख र दंग परेका छन् । यसरी मेलबर्नवासी नेपाली समुदायलाई फिलिलि बनाउँने र दंग बनाउँने एउटै कारण हो–नेपाली चलचित्र रेशम फिलिलि ।

नेपाली चलचित्रको इतिहासमै पहिलोपटक भाइरल बनेको चलचित्र रेशम फिलिलिको विशेष प्रदर्शन मेलबर्नमै हुने भएपछि यसको टिकट पाइसकेकाहरु फिल्म हेर्न पाउँने खुशीले दंग भएका छन् । तर अझै टिकट लिन नभ्याएकाहरुमा भने कतै टिकट सकियो कि ? भन्ने चिन्ताले छोएको छ ।

आउँदो जुलाई ६ सोमवारका दिन प्रदर्शन हुन लागेको रेशम फिलिलिलाई सोलाङचर र नेप्ले इभेन्टस्ले संयुक्त रुपमा मेलबर्नमा भित्र्याउँन लागेको हो । चाइना टाउन सिनेमा हलमा बेलुकी ६ बजे यसको शो समय तय गरिएको छ ।
भि मोशन पिक्चर र प्रिन्सेस मुभिजको व्यानरमा निर्मित चलचित्र रेशम फिलिलि नव निर्देशक प्रणव जोशीको पहिलो चलचित्र हो । माधव वाग्ले यसका कार्यकारी निर्माता हुन् भने विनय श्रेष्ठ प्रस्तुतकर्ता छन् ।

चलचित्रमा विनय श्रेष्ठ र ममता प्रधान मूख्य भूमिकामा छन् । यो चलचित्रको पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो बोलको गीत यूट्युव लगायतका सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

https://www.youtube.com/watch?v=M7ZZFslRjpM

Comments

comments