काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले मित्रराष्ट्रको सदभावका कारण नेपालको विनाशमा तीब्र पुननिर्माणको लागि उर्जा थपिएको बताउँनुभएको छ ।

काठमाडौमा शुरु ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले पुर्नस्थापना र पुननिर्माणमा दृढ प्रतिबद्धता व्यक्त गर्दै छिट्टै नेपालले विपदबाट भएको क्षतिको परिपूर्ति गर्ने आशा पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले नेपालको आफ्नो स्रोत साधनको उपयोग र अन्तराष्र्टि«य सहयोगमा पुननिर्माण प्राधिकरणले दिगो र द्रुत पुननिर्माण कार्यलाई गति दिने बताउँनुभयो । विपदको बेला नेपालभित्र सबै राजनीतिक दलहरुबीच अविस्पमरणिय राष्टिय एकता देखिएको बताउँदै उहाँले संसद भित्र र बाहिर देखिएको एकताका आधारमा नेपालले दिगो शान्ति, स्थिरता र विकास हासिल गर्ने बताउँनुभयो ।

उहाँले नेपालमा जारी संविधान निर्माणमा पनि बहुलबाद आधारित बहुदलीय लोकतान्त्रिक संविधान निर्माण चाडै गरी विकासमा अघि बढ्ने उल्लेख गर्नुभयो ।

भ्रष्टाचारमा सून्य सहनशिलता अपनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालको पुननिर्माणमा कुनै कदम नछाडिने प्रधानमन्त्री कोइरालाको प्रतिवद्दता थियो । विनाशकारी भूकम्पले नेपालको विकासमा ठूलो असर पारेको भन्दै उहाँले आफूले हरेक समय नेपालको पुननिर्माण र पुनस्थापनाबारे चिन्ता गरिरहेको बताउँनुभयो ।

भारत, चीन लगायतका विभिन्न मुलुक र संस्थाका व्यक्तीहरुले तत्काल उद्धार र राहतमा देखाएको तत्परताको कोइरालाले सराहना गर्नुभयो ।

उहाँले दिगो विकासका लागि विश्व समुदायको विश्वसनिय सहयोगमा स्थिर विकास र समृद्धि हासील गरी नया पुस्ताको भविश्य सुनिश्चित गर्न चाहेको पनि बताउँनुभयो ।

उहाँले संस्थागत विकासका लागि बैदेशिक आर्थिक सहयोगको उचित सदुपयोग गर्ने पनि बताउँनुभयो ।

Comments

comments