एजेन्सी । कहिले काहीं एउटालाई पठाउँनुपर्ने इमेल अर्कै व्यक्तिलाई सेण्ड भएर अप्ठ्यारोमा पर्नुभएको छ ? त्यसबाट तपाईको गोपनीयता पनि खुलेको होला । कहिलेकाहीँ र भुलबस रिप्लाइ टु अल बटन थिच्दा त कहिलेकाहीँ गलत मानिसको इमेल ठेगाना टाइप हुँदा वा कहिलेकाहीँ फाइल अट्याच गर्न बिर्सिँदा पनि यस्तो हुनसक्छ ।

यदि त्यस्तो अप्ठ्यारोको सामना गर्नुभएको थियो भने अब मुस्कुराउँनुहोस् । किन कि तपाईको समस्यालाई जिमेलले बुझिदिएको छ । अर्थात अब तपाईले भुलबश पठाइसकेको इमेल पनि तपाईले फिर्ता लिन सक्नुुहन्छ ।
आम प्रयोगकर्ताको समस्यालाई ध्यानमा राख्दै गुगलले आफ्नो इमेल सेवा जिमेलमा पठाइसकेको इमेल फिर्ता गर्न सक्ने फिचर सुरु गरेको छ ।

सन् २००९ मै गुगलले अनडु सेन्ड फिचरलाई जिमेलको ल्याब्स फिचर अन्तरगत लुकाएर परीक्षणको रुपमा सुरु गरेकोमा हाल आएर यसलाई सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेगरी औपचारिक रुपमा सार्व्ज्निक गरेको छ ।

गुगलले मंगलबारदेखि अनडु सेन्ड अप्सन आफ्नो जिमेल सेवामा उपलब्ध रहेको जानकारी गराएको छ, र यो फिचर जिमेलको सेटिङ अप्सनमा उपलब्ध रहेको छ ।

Comments

comments