काठमाडौं । धादिङ जिल्लाको पिंडा गाविस वार्ड नं–८ मा विषाक्त ढिंडो र गुन्द्रुक खाँंदा चार जना बेहोस भएका छन् । गम्भीर अवस्थाका उनीहरुको मनमोहन मेमोरियल मेडिकल कलेज स्वयम्भुमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार अषाढ ६ गते पिंडा गा.वि.स. वडा नं. ८, काउकाईमा दिउंसो १२ वजे विहानको खाना खाने क्रममा विषाक्त मकैको ढिंडो र गुन्द्रुक खांदा एकै परिवारका चार जना गम्भीर रुपमा विरामी परेका थिए । विरामी पर्नेमा वर्ष ८५ का लाल बहादुर तामाङ, वर्ष १५ का नक्कली तामाङ, वर्ष ४१ का सानी माया तामाङ र वर्ष ४० का सुन वहादुर तामाङ रहेका छन् ।

चारै जनालाई राती १२ वजे अशक्त अवस्थामा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा उपचारको लागि ल्याईएको थियो । उनीहरुको सघन उपचार कक्षमा राखि उपचार भइरहेको अस्पतालले जनाएको छ । यीमध्ये लालबहादुर तामाङको अवस्था चिन्ताजनक रहेको बांकीको अवस्था सुधारउन्मुख रहेको अस्पतालका प्रशासकीय अधिकृत नवराज रुपाखेतीले जनाएका छन् ।

Comments

comments