टोक्यो । जापानी टेलिकम कम्पनी सफ्ट बैंकमा कार्यरत भारतीय मुलका निकेश अरोराको मासिक तलब झन्डै २ अर्ब नेपाली रुपैया रहेको छ ।

सफ्ट बैंकले उनलाई विगत सात महिनामा आठ अर्व ५० करोड भारतीय रुपैयाँ (साढे १३ अर्ब नेपाली रुपैयाँ) तलव दिएको हो । यो हिसावमा उनले महिनामा झण्डै दुई अर्व नेपाली रुपैयाँ बराबर तलव पाएका छन् । यति धेरै मासिक तलब खाने विश्वका थोरै मध्यमा निकेश पनि परेका छन् ।

भारतमा जन्मेका तथा आईआईटी बिएचयुबाट ग्रेजुएट गरेका निकेश अरोराले गतवर्ष सेप्टेम्वरमा मात्रै जापानी टेलिकम कम्पनी सफ्ट बैंकमा काम शुरु गरेका हुन् । यसघि उनी गुगलमा कार्यरत थिए । ४७ वर्षका अरोराले सेप्टेम्वरदेखि मार्च महिनासम्म १६ अर्व ५५ करोड ऐन(एक करोड ३५ लाख डलर) तलव पाएको जापानको पत्रिका आसाही सिम्बुनले लेखेको छ ।

सफ्ट बैंकको शुक्रवारको साधरणसभाले अरोरालाई आफ्नो अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत समेत बनाएको छ । उनी त्यसअघि कम्पनीको भाइस प्रेसिडेन्ट थिए ।

निकेशले सन् २००४ मा टेलिकम इन्डष्टि एनालिष्टका रुपमा काम सुरु गरेका थिए । जापानी कम्पनी सफ्ट बैंकमा आउनु अघि उनी गुगल इन्कको चिफ बिजनेश अफिसर थिए ।

कम्पनीले आरोरालाई राइजिंग स्टारका रुपमा समेत चयन गरेको थियो । आसाही सिम्बुनले पछिल्लो वित्तीय प्रतिवदेनको आधारमा लेखेको समाचारअनुसार आरोरालाई सफ्ट बैंकको सहायक कम्पनीमा कार्यकारीका रुपमा गरेको कामको बोनस तथा क्षतिपूर्तीवापत यति ठूलो रकम प्रदान गरिएको हो ।

त्यसो त सफ्ट बैंकमा नियुक्ति भएको सात महिनामै निकेशले कम्पनीका लागि दुई सय अर्ब येनको डिल गराइदिएका छन् । त्यसमध्ये एउटा लगानी भारतको अनलाइन सामान विक्री गर्ने स्न्यापडिल थियो भने अर्को ट्याक्सि बुकिंग गर्ने कम्पनी ओला क्याबस थियो ।

निकेशले आईआईटी बिएचयुबाट ग्रयाजुएट गरेपछि बोस्टन कलेज अफ फाइनान्सबाट मास्टर डिग्री र नर्थ इस्टर्न युनिभर्सिटीबाट एमबिए गरेका थिए ।

Comments