काठमाडौं । सरकारले असार १० गते गर्न लागेको अन्तराष्ट्रिय दातृ समुदायको बैठकमा संसद भित्र र बाहिरका सवै राजनीतिक दलहरुको एजेण्डालाई दाताहरु समक्ष राख्न दिने भएको छ । यसका लागि आवश्यक वातावरण बनाउँन सभामुख सुवास नेम्वाङले सरकरका अर्थ मन्त्री रामशरण महत र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई आग्रह गर्नु भएको छ ।

आइतवार बसेको बिपत ब्यवस्थापन समितिको बैठकमा सभामुख नेम्वाङले अर्थ र परराष्ट्र मन्त्रीहरुलाई दाता सम्मेलनमा सबै राजनीतिक दलहरुको एजेण्डा अटाउँने वातावरण बनाउँन आग्रह गर्नुभएको हो । वैठकमा सभासदहरुले भने दाता सम्मेलनको बिषयमा सवै राजनीतिक दलहरुलाई सरकारले जानकारी नगराएकोमा आपत्ति प्रकट गदै दाता सम्मेलनमा स्वाभिमानी र राष्ट्रिय हितलाई ख्याल गर्न जोड दिएका थिए । दाता सम्मेलनको बिषयमा सरकारले पर्याप्त तयारी नगरेको र हतार हतार सम्मेलन गर्न लागेको भन्दै सत्तारुढ दलका सभाषदहरुले समेत अर्थ मन्त्री र परराष्ट्र मन्त्रीको आलोचना गरेका थिए । सभाषदहरुले दात सम्मेलन कुनै सरकार र मन्त्रीको मात्र बिषय नभई सिङ्गाो राष्ट्रको बिषय भएको भन्दै आपत्ती जनाएका थिए ।

पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले सरकारले दाता सम्मेलनको अवसर पारेर नेपालको अवस्थाको बिषयमा बास्तविक बिवरण र भुकम्प पिडितहरुको परिचयपत्र सहित पेश हुनसक्नुपर्ने बताउनु भयो ।

नेपाली काग्रेसका नेता रामचन्द्र पौडलले सरकारले दाता सम्मेलनमा छिमेकी मुलुकहरु भारत र चीनलाई बिश्वासमा लिन सक्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री डक्टर रामशरण महतले दाता सम्मेलनमा सरकारले राष्ट्रको स्वामिमान र राष्ट्रिय हितलाई ध्यान दिइने बताउदै नेपालले अनावश्यक शर्त भने स्वीकार नगर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले दाता सम्मेलनपछि उनीहरुले गर्ने सहयोग सिधै नेपाल सरकारको खातामा आउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

Comments

comments