काठमाडौं । सरकारले प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा ‘राष्ट्रिय पुननिर्माण प्राधिकरण’ गठन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण सम्वन्धी अध्यादेश २०७२ पारित गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले अध्यादेश अनुमोदन गरेपछि औपचारिक रुपमा प्राधिकरण गठनको बाटो खुल््नेछ ।

बैठकका निर्णयहरुवारे जानकारी दिँदै सरकारका प्रवत्ता तथा सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परामर्श समिति गठन हुने पनि जानकारी दिनुभयो। समितिमा प्रधानमन्त्रीले चार मन्त्री र तीन विज्ञलाई सदस्य तोक्ने र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र मुख्य सचिव पदेन सदस्य रहने मन्त्री रिजालले जानकारी दिनुभयो ।

यस्तै नीति निर्माण र अनुगमनका लागि संयन्त्र गठन गर्ने र पुनरावेदन उजुरीका लागि छुट्टै अदालती संयन्त्र बनाउने,विदेशी परामर्शदाताका लागि अलग्गै समिति रहने व्यवस्था गरिएको प्रवत्ता रिजालले वताउनुभयो ।

Comments

comments