एजेन्सी । के कुनै आमाले आफ्नो नवजात शिशुलाई दूध खुवाउँन इन्कार गर्न सक्छिन् ? शायद यस्तो कहिल्यै पनि सुन्नुभएको छैन होला । तर मुम्बईमा एउटी आमाले भने भखैरै जन्मेकी आफ्नै छोरीलाई दूध खुवाउँन इन्कार गरेकी छिन् । आफैले जन्माएको बच्ची जन्मदै बूढी देखिएपछि ती आमाले दूध खुवाउँन मात्र इन्कार गरिनन् ती बच्चीलाई स्वीकार समेत गरेनन् । दुई हप्ता अघि जन्मेकी यो बच्चीको हाल मुम्बईको नुशरजी वाडिया मेटरनिटी अस्पतालमा उपचार भैरहेको छ ।

वास्तावमा यो बच्ची इंट्रा–यूट्रीन ग्रोथ रिटार्डेशन नामक रोगबाट ग्रसित छिन् । यसैको कारण यस वच्चीको छाला जन्मदै बूढी महिलाको जस्तो देखिन्छ । चिकित्सकहरुका अनुसार यो एउटा आनुवांशिक रोग पनि हुन सक्छ । यी बच्चीको शरीरभरि चाउरी छन् भने ज्यान निकै पातलो छ । चिकित्सकहरुका अनुसार यस्तो रोगी एक हजार नवजात शिशुमध्ये ०.१ प्रतिशतमा मात्र देखिन्छ । यी बच्चीको मुटुमा पनि जन्मदै प्वाल रहेको छ । यसको तौल ८०० ग्राम रहेको छ उनको जन्म महिना पूरा नहुँदै ७ महिनामै भएको थियो ।

यी बच्चीको आमा वुवाको नाम ममता डोडे र अजय डोडे रहेका छन् । उनका आमावुवाले अस्वीकार गरेपछि यी बच्चीको हेरचाह हजुरवुवा दिलीप डोडेले गरिरहेका छन् । उनीहरु महाराष्ट्रको पालघर जिल्लाका स्थानीय रहेको समाचारमा उल्लेख छ । बच्चीलाई अहिले बाख्रीको दूध खुवाएर राखिएको छ । मेडिकल साइन्समै दुर्लभ मानिने बच्चकिो जन्म भएपछि अस्पतालले सम्पूर्ण उपचार खर्च निशुल्क गरिदिएको छ ।

Comments