काठमाडौँ । सेलिब्रिटीहरुको चर्चामोह यस्तो हुन्छ कि चर्चाका लागि उनीहरु जस्तोसुकै हत्कण्ड अपनाउन पछि पर्दैनन् । यसैको पछिल्लो उदाहरण मोडल क्षितिजा शर्मा शाक्य बनेकी छिन ।

नायिका समेत रहेकी क्षितिजा दोश्रो पल्ट गर्भवती बनेकी छन्। यही असार २० गते क्षितिजा फेरि आमा बन्ने भएकी छन्। १२ बर्षअघि नै छोरीकी आमा बनिसकेकी उनको पहिलो सन्तान १२ बर्ष पुगिसकेकी छन्।

१२ बर्षको अन्तरालमा फेरि आमा बन्न अन्तिम तयारीमा पुग्दा अत्यन्त उत्साहित बनेको र सोही उत्साहमा विदेशी मोडल तथा नायिकाहरुले जस्तै नौ महिनाको पेटलाई उजागर गर्दै फोटोसुट गरेकी छिन । बैशाख १२ गते र २९ गतेको विनाशकारी भूकम्पले गर्भमा रहेको बच्चालाई नराम्ररी हल्लाएर बर्बाद पार्ने हो कि भन्ने पीर परेको तर, आफू कतिपनि नडराएकोले गर्भमा रहेको बच्चाको कन्डिसन एकदम सुरक्षित रहेको जानकारी पनि उनले दिएकी छन्। आफ्नो मर्जी अनुसार नै फोटोग्राफर संजय रौनियारको स्टुडियोमा गएर गर्भवती फेसको गर्विलो फोटो खिचाएको बताएकी छन्।

पहिलो सन्तान छोरी भएकोले धेरैले अव क्षितिजाले छोरो जन्माउने पक्का भन्ने अडकलबाजी गरिरहेतापनि उनी भने गर्भमा के छ भन्ने कुरा डाक्टरले पनि नभनेको र आफूले पनि नसोधेको भनेकी छन्।

Comments

comments