एजेन्सी । पृथ्वी एक नयां चरणको संकटमा प्रवेश गरेको एक अध्ययनले देखाएको छ । अमेरिकाको तीन बिश्वबिद्यालयले गरेको एक अध्ययन अनुसार सबैभन्दा पहिला पृथ्वीबाट लोप हुने प्राणीमा मानव हुने छ ।

स्टानफोर्ड बिश्वबिद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले बिश्वद्यिालयले गरेको अध्ययनमा रिडको हड्डी भएका प्राणीको लोप हुने दर सामान्य भन्दा १ सय १४ गुणा बढी रहेको देखाएको छ । गत बर्ष डुक बिश्वबिद्यालयले पनि यस्तै किसिमको निष्कर्ष सहितको रिपोर्ट सार्वजनिक गरेको थियो । अध्ययनमा संलग्न मध्येका एक अनुसन्धानकर्ताले, अब मानव जाति समाप्त हुने छैटौ ठूलो घटना नजिक प्रवेश गरेको बताए । ठुलो मात्रामा प्रजाति लोप हुने यस्तो घटना पछिल्लो पटक ६ करोड बर्ष पहिले भएको थियो । त्यति बेला डायनोसार पृथ्बीबाट लोप भएको थियो । प्रमुख अनुसन्धानकर्ता गेरार्डो सेबालोसले, यदि यसरी नै चलिरह्यो भने पृथ्वीमा पुन जीवन आउन लाखौ बर्ष लाग्ने बताए । मावन जाति पनि सुरुवाती चरणमानै लोप हुने संभावना अत्याधिक रहेको प्रमुख अनुसन्धनकर्ता गेरार्डोको भनाई छ । प्राणी लोप हुने अहिलेको दर एक सय गुणा बढी रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

सन १९ सय यता मात्र ४ सय भन्दा बढी रिडको हड्डी भएका प्राणीको लोप भइसकेको छ । बैज्ञानिकहरुका अनुसार यस्तो किसिमको ठुलो बिनाश समान्यतया दश हजार बर्षमा देखा पर्ने गरेको छ । साइन्स एडभान्स जर्नलमा प्रकाशित भएको यो रिपोर्टले जलवायु परिवर्तन, प्रदुषण र अत्याधिक बन बिनाशका कारण यस्तो समस्या उत्पन्न हुन लागेको उल्लेख गरिएको छ । बैज्ञानिकहरुले माहुरीको परागसेचन तीन पिढीमा लोप हुन सक्ने चेतावनी समेत दिएका छन ।

Comments

comments