काठमाडौँ । फिल्म जंगबहादुरको कोटलाई फिल्म सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डले जंगबहादुरको कोट फिल्मलाई १६ बर्षमुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने गरी पिजी दिएको हो ।

फिल्ममा समेटिएको डरलाग्दो हत्याको दृश्यहरुका कारण पिजी पाइएको फिल्मका निर्देशक आशिष भेटुवालले बताए । नेपालसँगै अष्ट्रेलियामा खिचिएको फिल्म खड्का एण्ड सन्स् सिने इन्डष्ट्रिजको ब्यानरमा बनेको हो ।

फिल्मका निर्माता योगेन्द्र खड्का, जयन्द्र खड्का, तथा देवी शिवाकोटी हुन । फिल्ममा अनुप बराल, बिमलेश अधिकारी, सुचित्रा अचार्य, विश्व बस्नेत, सौभाङगी कोइराला लगायतको अभिनय छ । यस चलचित्रको मेलबर्नमा प्रिमियर समेत सम्पन्न भैसकेको छ । नेपालमा सेन्सर गराए पछि अब जंगबहादुरको कोट सार्वजनिक प्रदर्शनका लागि हालको क्यूमा रहनेछ ।

Comments

comments