काठमाडौँ । भूकम्पको पूर्व जानकारी अब कम्तिमा २२ सेकेन्ड अघि नै पाउन सकिने भएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेपछि यो सम्भव भएको हो ।

चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजजिक ठाउमा साइरन प्रयोग गरिनेछ । नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको छ । प्रविधि जडानले भुकम्पबाट त्रस्त सर्वसाधरणलाई केहि राहत मिलेको छ ।

Comments

comments