एजेन्सी । तनावका बीच कोपा अमेरिका फुटबलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ ।

बिहीबार विहान भएको खेलमा उपाधिको दाबेदार मानिएको ब्राजिललाई १–० ले पराजित गर्दै कोलम्बियाले विश्वकपको क्वाटरफाइनलमा ब्यहोरेको हारको बदाला लिएको छ ।

घरेलु मैदानमा भएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको थियो । उक्त खेलमा कोलम्बियाका खेलाडीले गलत ट्राकल गर्दा नेयमारको ढाडको हड्डी फुटेको थियो ।

खेलमा कोलम्बियाले ३६ औं मिनेटमा मुरिल्लोको गोलबाट अग्रता लिएको थियो । ब्राजिल खेलमा फर्कन सकेन र १–० ले पराजित भए ।
खेल सकिएपछि नेयमारले हानेको बलले अर्मेरोलाई लागेपछि केहीबेर तनाव भयो । कोलम्बियाका बाकाले पछाडिबाट धेकेले भने दुबै खेलाडी विवादमा उत्रिए ।

मैदानबाट बाहिरिने क्रमा रेफ्रीले ब्राजिलका स्टार स्ट्राइकर नेयमार र कोलम्बियाका बाकालाई रातो कार्ड दिए ।
विहीवारको खेलपछि भेनेजुएला ३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको ब्राजिल र तेस्रो स्थानमा रहेको कोलम्बियाको समान ३–३ अंक छ । पुछारमा रहेको पेरुले भने खाता खोल्न सकेको छैन ।

समूह चरणको अन्तिम खेलमा ब्राजिलले भेनेजुएला तथा कोलम्बियाले पेरुसँग खेल्नेछ ।

Comments